profile picture

Result Evaluation of 22.05kHz Data

November 08, 2022 - Tech NLP Major Project

Result Evaluation of 22.05kHz Data

Some examples

  1. त्यो रात्रि पनि सधैँको जस्तो साधारण रात्रि थियो ।

  2. अन्धकारमा मानिसको लोक थाकेर मरेको- चिसो, जाडोले कठाङ्ग्रएको ।

  3. काजलको आकाशमा एकनाससँग सलमा सितारा झल्केका हेरिदिने कोही छैन ।

  4. घरघरमा बत्ती निभेका छन्‌ ।

  5. ढोका-भ्याल टम्म छन्‌ ।

  6. शून्य सडकका खामामा बत्ती घोरि र भुइँतिर हेरिरहेका छन्‌ ।

  7. र तिनको टल्कोमा बन्न लागेको पातलो हुस्सु रात्रिको निःश्वासजस्तो बत्ती-बत्तीमुनि झुन्डिएर अडिरहेको छ।

  8. निष्पट्ट शान्ति छ शहरमा; झन्‌ जाडोले शान्तिलाई जम्मोठजस्तो डल्लो पारेर अडाइदिएको छ ।

  9. अरू जाडाका रात्रिसरह नै त्यो रात्रि पनि थियो । जीवनको कार्यरतता एकदम थामिएर अडेको मानौं तमाम विश्व स्पन्दनहीन भएको छ ।

  10. दरबारमा राजा-रानी र अरू राजपरिवारका प्राणीहरू सुतेका थिए ।

  11. मन्त्रीहरू र अरू ठूला-ठूला कर्मचारीहरू सरकारी आवासस्थानहरूमा; पसले, जागीरिया, कृषक, गरीब, मध्यवित्तीय तथा धनी व्यक्तिहरू; नरनारी सबै, बालक, विद्यार्थी, ज्यामी, कामी, आफ्ना-आफ्ना घरमा-सर्वहारा पाटीका सत्तलमा जहाँ मुन्टो घुसार्ने ठाउँ पाए त्यहीं- सबै सुतेका थिए ।

  12. रात्रिक्लबबाट छरिएका मोटरहरूको ठाउँ-ठाउँमा आवाज र मोटरभित्र बसेका पुरुष र नारीकण्ठको हाँसो मिस्सिएको ध्वनि ।

  13. सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगैलुगाले सारा शरीरलाई बेरेर हिँडेका एक-दुई मानिसहरू, कुनै-कुनै घरबाट सुनिने बूढाहरूको भारी छातीको खोकी, साना नानीहरूको अचानक उठेको र त्यस्तै अचानक थामिएको क्रन्दन; कुनै-कुनै भ्यालको कापबाट फुस्किएको ज्योति जसले भित्र बन्द कोठामा कुनै दाम्पत्यमा क्रयी-विक्रयी प्रणयलाई सजिलो परिरहेको थियो ।

  14. आदि यस्तै साना-साना चहलपहलका कुराहरूले मात्र यो सङ्केत दिन्थ्यो- जीवन हठात्‌ मरेको थिएन- थामिया मात्र थियो, मृत्युवत्‌ निद्रामा ।

  15. र उसले बैनीलाई भनेको थियो- बैनी, भाउजूलाई पनि आफूले पढेको सिका न ।